सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
१७ असोज यही अक्टोबर २० मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावका सन्दर्भमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पक्ष लिएर ‘सर्कुलर’ जारी गरेका छन्।
उनीहरूले एनआरएनएको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका कुल आचार्यको समूहलाई जिताउन आआफ्ना संगठनलाई निर्देशन दिएका हुन्।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा यही असोज ७ गते बसेको बैठकले कांग्रेसमा आबद्ध विश्वभरका सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको समूहलाई जिताउन निर्देशन दिएको हो।
यस्तै माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठकको निर्णयको मर्मअनुसार नेपालकै राजनीतिक गठबन्धनअनुसार एनआरएनएको नेतृत्वका लागि चुनावी मैदानमा रहेको कुल आचार्यको समूहलाई जिताउने पक्षमा लाग्न आफूनिकट प्रवास कमिटीहरूलाई निर्देशन दिएको हो।
एनआरएनको १०औं सम्मेलनका लागि आचार्य, बद्री केसी र रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
सम्मेलन कात्तिक ६–८ देखि काठमाडौंमा हुँदै छ।
यसपालिदेखि प्रतिनिधिले विश्वभरबाट अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको छ।