कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
१६ असोज| नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गरेका छन्
पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा। बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल शुरू भएको समेत जानकारी दिए ।

फाइल फोटो
अध्यक्ष दाहालले जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’
उनले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिस्टहरू नयाँ एकतामा आउने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले आफूले देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपा एमालेसँग पार्टी एकता गरेको भए पनि केपी ओलीका कारण त्यो सम्भव नभएको उल्लेख गरे । एमालेसँग पवित्र उद्देश्यका साथ एकता गरेको भए पनि केपी ओली छलछाम, धोकाधडीको खेल खेल्ने भएकाले ओलीले कम्युनिस्ट आन्दोलन र मुलुक संकटमा पारेको अध्यक्ष दाहालको भनाइ थियो ।
अवस्था ठीक नदेखेपछि आफूहरूले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उनले आफू कुनै पनि पदको लोभमा नपरेको बताए ।
अध्यक्ष दाहालले एमालेले फैलाएको भ्रमको पर्दाफास गर्दै जनतालाई सही र तथ्यपूर्ण सूचना दिन तथा जनतालाई एकीकृत गर्न समेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।