सल्यानको त्रिवेणी ४ मा एमालेको पार्टी कार्यालय उद्घाटन संगै युवा संघको कमिटी निर्माण

०५,असोज २०७८

सल्यान, ५ असोज|सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको वडा पार्टि कार्यालय उद्घाटन भएको छ । सोमबार पार्टी कार्यालय उद्घाटन र वडास्तरिय भेला सम्पन्न गरिएको नेकपा एमाले त्रिवेणीले जनाएको छ । भेलाले आनन्द घर्ती संयोजक रहेको २७ सदस्यीय युवा संघ वडा कमिटी पनि गठन गरेको छ ।

एमाले वडा नम्बर ४ का अध्यक्ष लुलत विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती एमाले त्रिवेणीका इन्चार्ज बुद्धि केसीले राष्ट्रियताको रक्षा र आर्थिक विकासका लागि एमाले नै चाहिने भएकाले यहि पार्टीमा सबै गोलबन्द हुनुपर्नेमा जोड दिए । यस्तै एमाले त्रिवेणीका अध्यक्ष लोकेन्द्र खड्का, सचिव धनराज तुफान, जिल्ला निर्वाचन परिचालन कमिटी सदस्य जगत पुन, पालिका कमिटी सदस्य तथा त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष छविलाल खत्री लगाएतले बोल्दै देश र जनताको भलाईका लागि एमालेलाई बलियो बनाउउनुपर्ने र पार्टि विभाजनको पक्षमा कसैले पनि साथ दिन नहुनेमा जोड दिएका थिए ।



वडा कमिटी उपाध्यक्ष डम्बर भण्डारीको स्सवागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एमाले त्रिवेणी गाउँपालिका कमिटी सदस्यहरु शंकर भण्डारी, भिम बहादुर भण्डारी, कर्ण थापा, युवा संघ क्षेत्र नम्बर २ का संयोजक डिल्ली खड्का, युवा संघ त्रिवेणीका संयोजक यम बहादुर भण्डारी लगाएतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव सन्तोष घर्तीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस