एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै

१ असोज २०७८, शुक्रवार

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । काठमाडौं –३१ आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने लागेका हुन् ।

अध्यक्ष नेपालले शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन गर्ने छन् ।

पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो । एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।



प्रतिक्रिया दिनुहोस