रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

२८ भदौ २०७८, सोमवार

रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ ।

काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका  लागि एक हजार जनाको माग गरेपछि सरकारले मापदण्ड तय गरेर परीक्षा लिएको हो ।

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस