सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
बागचौर नगरपालिका वडा नं. २ थारमारे बजारमा रहेको जनहित हार्डवयरले बागचौर नगरपालिका वडा नं. २ बागचौर जिउँला र खरिबोट बजारको बिचमा अवस्थित दिनहुँ सयौँ यात्रा गर्नेहरू, यात्रुहरूले हातको सहारा लिई खानु पर्ने पानीलाई व्यवस्थापन गर्दै खानेपानी ट्याङ्की र धारो निर्माण गरेको छ।
उक्त कार्यको बिहीबार एक कार्यक्रम साथ,बागचौर नगरपालिकाका नगर-प्रमुख लोकमान बुढाथोकी, वडा नं २ का का.वा. वडा अध्यक्ष, टोप बहादुर डि.सी. जनहित हर्डवयेर थारमारेको सञ्चालक सुशीला बुढाथोकी,अस्थायी ट्राफिक प्रहरी पोस्ट थारमारेका इन्चार्ज बिरेन्द्र कठायत, खरिबोट बजार बासी र स्थानीयहरूको उपस्थितिमा उद्घाटन गरिएको थियो । भने उक्त उद्घाटन कार्यक्रमकको सञ्चालन पत्रकार श्री विरेन्द्र डि.सी. ले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा नं. २ का का.वा. वडा अध्यक्षले जनहित हार्डवयरलाई धेरै-धेरै धन्यवाद दिँदै अरू ब्यसायीहरुलाई पनि उक्त कार्यबाट प्रेरित हुन अपिल गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै नगर-प्रमुख बुढाथोकीले सराहनीय कार्यबाट आफू पनि प्रेरित भई व्यक्तिगत रूपमा पनि आफूले यस्ता समाज प्रती उत्तरदायी कामहरू गर्ने भनी प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।