मन्त्रिपरिषद बिस्तार एक हप्ता लाग्न सक्ने माधव नेपालको ठाेकुवा

१७ भाद्र २०८७, बिहीबार

१७ भाद्र। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौं २३ गते भन्दा अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताउनु भएको छ । बिहीबार बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दाहालसँग भेट गर्नु भएको थियो ।
एस पार्टीका अध्यक्ष नेपालमा र ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि मन्त्री विस्तार बारे छलफल नभएको पनि बताउनुभयो ।
सत्तारुढ दलहरूकाे आन्तरिक विवादले गर्दा मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको चर्चा सँगै मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया दिनुभएकाे छ ।
अयक्ष नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई निर्देशन गर्नुभएकाे छ ।
केपी शर्मा ओली निकट उहाँका मान्छेहरुले दश बूँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै नेपालले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याउनु भयो । उहाँले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस