कतारको प्रहरीका लागि नेपाली श्रमिक लैजाने प्रक्रिया सुरु

१५ भदौ २०७८, मंगलवार

१५,भदौ |कतारको प्रहरीका लागि नेपाली श्रमिक लैजाने प्रक्रिया सुरु भएको छ। कतारस्थित नेपाली दूतावासले कतार प्रहरीका नेपाली  श्रमिक  लैजाने  मागपत्रको प्रमाणीकरण सुरु गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दूतावासलाई   मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो। दूतावासका अनुसार काठमाडौँको  लाजिम्पाटमा रहेको अल  ताक्वेत  ओभरसिज नेपाल प्रालिबाट पेस भएका २०० जनाको मागपत्र   दूतावासले प्रमाणीकरण गरेको छ।

उक्त फाइल आइतबार नै  अनलाइनमार्फत  ताहाचलस्थित वैदेशिक   रोजगार   कार्यालयमा प्राप्त भएपछि ताहाचल कार्यालयले विज्ञापन  प्रकाशन  गर्नुपूर्व  स्वीकृति दिएको जनाएको छ। गोरखापत्रमा खबर छ।



प्रतिक्रिया दिनुहोस