सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
१५ भदौ|कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४५ लाख ८ हजार ७९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड ७० लाख ३१ हजार १०४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ३८ हजार ६७१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ७९ हजार ५७४ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३८ हजार २१० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ५८ हजार १६५, पेरुमा १ लाख ९८ हजार ११५, रुसमा १ लाख ७९ हजार २३३, बेलायतमा १ लाख ३२ हजार ८०८, इटालीमा १ लाख २९ हजार १४६ र कोलम्बियामा १ लाख २४ हजार ८८३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।(एजेन्सी)