सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
४ भाद्र । नेकपा एमालेका विदेशी विभाग प्रमुख राजन भट्टराईको प्रमुख अथीती तथा अन्तराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङको विशिष्ट अथीती र प्रवासी नेपाली मञ्च आयरल्याण्डका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेको प्रवासी नेपाली मञ्च आयरल्याण्डले कार्यसमिती लाई पुंनगठन गरेको प्रवासी नेपाली मञ्च आयरल्याण्डका नव निर्वाचित महासचिव विरेन्द्र अधिकारीले जनाएका छन् ।
कार्यक्रको सञ्चालन महासचिव विरेन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रममा स्वागत मतव्य राजन भट्टराईले दिएका थिए । कोभिड १९ ले गर्दा कार्यक्रम जुम मिटिङ बाट सञ्चालन गर्नु परेकोले उपस्थितीको सख्या सोचेजस्तो नभएको बताएका छन् । यो कार्यक्रकको उदेश्य नेपाल बाट विभिन्न कामको सिलसिलामा आयरल्याण्डमा आएर बासोबास गरिरहेका सम्पुर्ण नेपालीकोहरुको साझा सगंठन निर्माण गर्नु र विभिन्न समयमा भैपरि आउने समस्यामा सबै एकसाथ भएर लाग्नको लागि संगठन निर्माण गरिएको जनाएका छन् ।
पुनगठन मार्फत बिस जनाको कार्यसमिती गठन गरिएको थियो भने उक्त पदाधिकारी लाई विदेशी विभाग प्रमुख राजन भट्टराईकोले सफत ग्रहण गराउनु भएको थियो ।
नेकपा एमालेको नेपाली प्रवासी मञ्च आयरल्याण्डका नव निर्वाचित पदाधिकारी हरु
अध्यक्ष बसन्त न्यौपाने र उपाध्यक्षमा चेतराज वली र दिपक बोहोरा लाइ जिम्मेवारी दिइएको छ भने महासचिवमा विरेन्द्र अधिकारी लाई दिइएकाे छ । सचिवमा तेज प्रसाद ज्ञवाली छन् भने यस्तै कोषाध्यक्ष र महिला संमयोजक क्रमस होम नारायन कडेल र चन्द्रकला निरौला लाइ जिम्मेवारी दिइएकाे छ । सल्लाकारमा जंग अधिकारी लाई राखिएको छ भने सदस्यहरु टेक पुन, राज न्यौपाने, राज शर्मा, सोभाना पन्त अधिकारी, अमृत न्यौपाने, भगवती लामिछाने, लक्ष्मी वली, शुसिला त्रिपाठी, विजय शहानी, कुमार छन्त्याल, केशव क्षेत्री, जानुका सुवेदी, लगाएतको कार्यसमिती निर्माण गरि कार्यक्रम समापन गरिएको थियो ।