नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
१ भदौ|अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना नेपाली काठमाडौं फर्किएका छन्।
उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जि शेर्पाले जानकारी दिए। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ।
अमेरिकी सेनाको जहाजले कतारको दोहामा छाडेको उनीहरुलाई कतार एयरलाइन्सले काबुलबाट चार्टर उडानमार्फत कुबेत ल्याएको थियो।
सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्धार गर्ने निर्णय गरेको छ। नेपालीलाई उद्धार गर्नका लागि भनेर १२ दिन पछिलाई चार्टर उडान बुक गरेको छ।
करिब १५ सय नेपाली रहेको अफगानिस्तानमा नेपाली लिनका लागि नेपाल वायु सेवा निगमको विमान बुक भएको निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए।

