सजिदै ऐतिहासिक कोटमौला रानीपोखरी

८ साउन २०७८, शुक्रवार

८,साउन सल्यान | बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौला अन्तर्गत पर्ने ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको रानीपोखरीले पुनर्निर्माण मार्फत सजिने अवसर पाएको छ ।

अस्तित्व हराउँदै र पुरिदैगरिरहेको यो ऐतिहासिक रानीपोखरी कर्णाली प्रदेश मुख्यमंत्री स्वरोजगार कार्यक्रम अन्तर्गत विनियोजित रु१५ लाख बाट सजिने भएको हो।

रानीपोखरीलाई हाल पहिलेभन्दा फराकिलो र केही गहिरोपारी सजाउने काम भइरहेको छ। पोखरी वरिपरि विभिन्न आकर्षक फूलहरु रोपि थप सुन्दर पार्ने काम केहिदिनमा सम्पन्न हुने बागचौर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रोमु शाहीले बताउनुभयो।

हरेकवर्ष घटस्थापनाको अघिल्लो दिन अर्थात् असोज कृष्ण औंसीको दिन यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ, जसलाई रानीपोखरी मेला भन्ने गरिन्छ। बर्षभरी लाग्ने मेलाहरु मध्ये पहिलो र दसैंको आगमन जनाउन लाग्ने मेला भएकाले पनि होला यो मेलाको विशेष महत्व छ सल्यान, रोल्पा, रुकुम,दाङ लगायतका क्षेत्रबाट यस ठाउँमा मेला भर्न आउने गरेको पाइन्छ।

चैत बैशाखमा फल्ने रङ्गीचङ्गी लालीगुराँस,साथैमा रहेको तिनपाने जंगल र यस क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाली क्षेत्र र मनोरम दृष्यले वास्तवमा रानीपोखरी क्षेत्र कति मनोरम छ भन्ने कुरालाई प्रस्तुत गर्दछ। रानीपोखरी बन्नु आफैमा ऐतिहासिक कारण भएपनि वास्तवमै यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा पनि लिन सकिन्छ। सल्यान,रोल्पा,रुकुम ,जाजरकोटका अधिकांश क्षेत्र यहाँबाट देख्न सकिन्छ मनोरम दृश्यअवलोकनको लागी पार्क जंगललाई व्यवस्थित,आकर्षक रूपमा बृक्षारोपन ,गर्न सकिएको खण्डमा यसक्षेत्र वास्तवमा पर्यटकीय सम्भावनाको रुपमा लिन सकिन्छ ।

रानीपोखरी पुनर्निर्माण दिएको दुःख
पर्यटकीय सम्भावना र ऐतिहासिक महत्व बोकेको यस रानीपोखरीपुनर्निर्माण हुनु आफैंमा गौरवको कुरा हो। तर उक्त पोखरी पुनर्निर्माणले बागचौर–पाथिहाल्न सडक खण्डलाई पुर्याएको असर पनि उत्तिकै छ। हुनत पुनर्निर्माण तथा विकास निर्माण कार्य हुँदा केही बिनास तथा असहजतालाई स्वीकार गर्नुपर्ने हुन्छ।

पोखरी र्निर्माण गर्दा सडकमा जथाभावी फालिएको माटोका कारण उक्त बाटो भएर हिडने गाडी मोटरले निकै सास्ती व्यहोर्नु परिरहेको छ । पोखरी वरिपरि फुलहरु लगाउने र केही फलफूल तथा वृक्षरोपण को काम बाकी रहेकाले तत्काल उक्त काम सँग-सँगै सडकलाई पोखरी भन्दा केही परबाट कायम गरि ढुंगा राख्ने र मोटरबाटोलाई सुधारगर्ने वडा अध्यक्ष शाहीले बताउनुभयो ।

 

कसरी निर्माण भयो ऐतिहासिक रानिपोखरी
नेपाल एकीकरण हुनु अगाडि ससाना थुम र टाकुरामा (भुरेटाकुरे)राज्य स्थापना गरि प्रशासनिक कार्य सञ्चालन गर्ने गरिन्थियो । यसै क्रममा बाइसी चौबिसे राज्य अन्तर्गत बाइसी राज्यमा पर्ने रोल्पाकोट (थुम ) पनि आफनै राज्य रहेको ऐतिहासिक प्रमाण पाइन्छ ।

पृथ्वीनारायण शाह को नेपाल एकीकरण अभियानलाई पूरा गर्ने काम राजेन्द्र लक्ष्मी शाह हुँदै भिमसेन थापा को पालासम्म यो अभियान १८७२ साल सम्म रह्यो। यही क्रममा रोल्पा थुम पनि नेपाल (गोर्खा राज्य) मा गाभिन गयो त्यही रोल्पाकोट थुममा सानो राज्य सञ्चालन गरेका राजा रजौटाका रानी हरुले नुहाउने भनेर ९दह० रानी पोखरी को स्थापना गर्न लगाएका थिए भने किबदन्ती पाइन्छन् ।

रोल्पाकोट थुममा सानो राज्य सञ्चालन गरेका राजा रजौटाका रानी हरुले नुहाउने भनेर (दह) रानी पोखरी को स्थापना गर्न लगाएका थिए भने किबदन्ती पाइन्छन् ।

गोर्खाली सेनाले विजय स्वरुप गाभेको राज्यमा गोर्खा दरबारमा रहेको कालिका मन्दिर मा निशान पुजा गरि ल्याइएका हात हतियार मध्य तरवार (खाडा) हालको बागचौर नगरपालिका वडा नं. ८ दरबारटोल  माथीको डाँडामा गाडेर कोतको स्थापन गरि पुजा अर्चना गरेको विश्वास गरिन्छ । पछि कालान्तरमा उक्त कोतलाई हालको कोटमौलामा रहेको कालिका मन्दिरमा सारेर त्यहि पुजा आराधना गर्नेगरिन्छ । साथै त्यहाँ रहेको तरवार (खाँडा) अहिले पनि बागचौर नगरपालिका वडा नं.१०अन्र्तगत पाङग्रारुख भने स्थानमा अवशेष का रुपमा अहिले पनि देख्न सकिन्छ । कोतको पटाङगनि रहेको स्थान गैरिबिसाउनी  नजिकै डाँडा मा रहेको छ।

ऐतिहासिक रानिपोखरी नेपाल एकीकरण पछि ओझेल मा पर्दै गयो हरेक वर्ष असोज महिना मा सोरश्राद समाप्त हुने दिन अर्थात घटस्थापना को अघिल्लो दिन औशी मा यहाँ ठूलो मेला लाग्ने गर्दछ । मेलामा सल्यान रोल्पा रुकुम र दाङ बाट समेत मानिस तथा ब्यापारी हरु आउने गर्दछ्न ।

तत्कालीन त्यस् क्षेत्र का (जिम्वाल) प्रशासक हालको छत्रेश्वरी २ दमाचौर कल्लेरी निवासी जिम्वाल मस्त बहादुर चन्दले रानी पोखरिको क्षेत्रमा विमानस्थल बनाउने भनी वरिपरि का डाँडा लाई त्यतिबेला का स्थानीय औजार प्रयोग गरि खन्ने अभियान चलाएको अवशेष अहिले पनि देखन सकिन्छ।

पञ्चायत हुँदै गणतन्त्र सम्म आउँदा साबिकको कोटमौला वाटनै नगर,जिल्ला तथा संघीय संसद सम्म प्रतिनिधित्व निरन्तर अहिले सम्म रहे पनि यो पोखरी को मर्मत सम्भारमा खासै ध्यान पुग्न नसकेको यो क्षेत्रलाई अहिले बागचौर नगरपालिकाले औद्योगिकग्राम को रुपमा बिस्तार गर्ने प्रस्ताव अघि बढाएको छ ।

बागचौर पाथिहाल्न मोटर बाटो यहीँ स्थान भयर जान्छ। नजिकै तिनपाने जंगलक्षेत्र रहेकाले पनि वातावरनिय दृश्यले पनि रमणीय यस क्षेत्रमा चैत बैशाख मा फुल्ने लालिगुराँस, जंगलमा पाईने काफल आदि ले पनि यस क्षेत्र लाई थप आकर्षक बनाउन मद्दत गरेको छ।

अहिले केही मर्मत कार्य सुरुभएको रानी पोखारिमा पार्क निर्माण, भ्युटावर, मन्दिर, खाने पानी को निर्माण गरि प्रचारप्रसार गरे धार्मिक तथा पर्यटकिय गन्तव्यको क्षेत्र हुने बलियो सम्भावना देखिन्छ ।

तस्विर

 

प्रतिक्रिया दिनुहोस