बागचौर नगरपालिकाको सातौं नगर सभा सम्पन्न

२७,असार २०७७

 


२७,असार |सल्यानको बागचौर नगरपालिकाको सातौं नगर सभा कार्यक्रम आज सम्पन्न भएको छ ।

आइतबार नगरपालिकाले आफ्नो सातौं नगरसभा मार्फत आर्थिक वर्ष२०७८/०७९योजना,नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको हो ।

नगरपालिकालाई संघीय, प्रदेश सरकार तथा नगरको आन्तरिक आय समेतलाई आकलन गरी प्राथमिकताका आधारमा नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि आय तर्फ अनुमानित कुल रकम ७८ करोड ८२ लाख ५२ हजार ४७४ रहेको छ।

आगामी आर्थिक वर्षमा व्यय तर्फ चालु खर्च रु ४३ करोड ५७ लाख ५२ हजार ४७४ र पुँजीगत निर्माण खर्चतर्फ रकम रु ३५ करोड २४ लाख ९९ हजार ९९ ८ अनुमान गरिएको छ ।

कार्यक्रममा आर्थिक ऐन २०७८. विनियोजन ऐन २०७८. स्वास्थ्य ऐन २०७८. नीती तथा कार्यक्रम . बजेट छलफल पश्चात सर्वसम्मत रुपले पारित गरिएको थियो।

कार्यक्रम नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा सरु भएको थियो भने बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नीति तथा कार्यक्रम नगर प्रमुख श्री लोकमान बुढाथोकिले प्रस्तुत गर्नु भएको थियो ।

नगर उप प्रमुख श्री कल्पना पुनले आर्थिक वर्ष २०७८।०७ ९ को बजेट वक्तव्य . योजना तथा कार्यक्रमहरु . प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत योजनाहरु . आर्थिक ऐन २०७८. विनियोजन ऐन २०७८ प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस