लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
२५ असार |कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य रहेको सार्वजनिक भएको छ । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् ।
उनीहरु फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको युवकका आफन्तले बताएका छन् । विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने, घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएका हुन् । युवतीका आफन्तले रुकुम हत्याकाण्डजस्तै मारिदिने चेतावनी दिएपछि युवक त्रसित भएका हुन् ।
अन्तरजातीय विवाह गरेका युवक प्रकाश विश्वकर्मा र युवती मालती रावल
कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा युवा युवतीले आफूहरुलाई मार्ने धम्की दिएपछि जंगलमा लुकेर बसेको बताएका छन् ।
दलित अभियान्ता तथा अध्येता जेबी विश्वकर्माले यो भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् । यो भिडियो सार्वजनिक भएपछि केही दलित अभियान्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।
‘हामी घर जाने तयारीमा छौँ’ अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्माले इकागजसँग टेलिफोनमा भने, ‘पहिले दाईहरुले केटीको आफन्तसँग कुरा गरेपछि हामी कुरा गर्छौ । तर डर लागिरहेको छ ।’
दलित अभियान्ता तथा अध्येता जेबी विश्वकर्माले यो भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेको भिडियो
"हामी भागेर जंगलमा बसिरहेका छौं"
कैलालीका भजनी नगरपालिका-४ भलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण भाग्दै जंगलमा बसिरहेको भिडियो सार्वजनिक भएको छ । उहाँहरुले जीवन रक्षाको लागि सहयोगको अपेक्षा गर्नुभएको छ । प्रकाशको आफन्तबाट प्राप्त भिडियो@NepalPoliceHQ pic.twitter.com/BjF7bA1Ogo— J B Biswokarma (@JBBiswokarma) July 9, 2021