सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
असार २५| विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि थप १० करोड डलर सहायता उपलब्ध गराउने भएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि छुट्टाछुट्टै ५/५ करोड डलर सहयोग दिने विश्व बैंकले जनाएको छ।
बैंकको कार्यकारी बोर्डले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको छ।
यो सहायता नेपालको विद्यलाय शिक्षा क्षेत्रको सुधारमा ५ करोड डलर परिचालन हुने छ भने स्वास्थ्य क्षेत्रमा ५ करोड हुने छ।
विश्व बैंकले सरकारी विद्यालय विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यबस्थापन प्रणालीको प्रभावकारी सुधारका लागि यो रकम प्रदान गर्न लागेको हो।