बागचौर नगरपालिका पूर्ण खोप युक्त नगरपालिका घोषित

२२,असार २०७८
२२,असार सल्यान।सल्यानकाे बागचौर नगरपालिका पूर्ण खोप युक्त नगरपालिका घोषणा भएकाे छ । मंगलबार एक कार्यक्रमका विच नगरपालिकालाइ पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएकाे नगरप्रमुख लाेकमान बुढाथाेकीले बताउनुभयाे । यस अघि नै घाेषणाकाे तयारि भएपनि कोभिड १९ को कारण खोप युक्त नगरपालिका घोषणा गर्न केही ढिलाइ भएको उहाँले बताउनुभयाे ।
फाल्गुण महिनामा बागचौर नगरपालिकाले पूर्ण खोप घोषणा गर्नको लागि स्वास्थ्यकर्मी तथा नगर खोप समन्वय समितिलाई अभिमुखीकरण दिनुका साथै वडा स्तरमा वडा खोप समन्वय समिति, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण दिएर पूर्ण खोपको कार्यक्रम अगाडि बढाएको थियो ।
प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरू प्रत्येक घरमा गएर १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरूलाई खोज अनुसन्धान गरी कुनै पनि खोप लगाउन छुटेको पाइएन नगरप्रमुखढाथाेकीले भन्नुभयाे काेहि नछुटेकाे पाइएपछि वडा खोप समन्वय समितिले नगर खोप समन्वय समितिलाई पूर्ण खोप वडा प्रमाणीकरणको लागि अनुरोध गरी नगर खोप समन्वय समितिले वडालाई पूर्ण खोप वडा घोषणाको लागि प्रक्रिया अगाडी बढाएको थियो ।
नगरपालिकामा एक वर्ष मुनिका ७ सय ७७ जना बालबालिकाहरू हाल विभिन्न खोप लगाइराखेको र १६ देखि २३ महिना सम्मका ५ सय ३ जना बालबालिकाहरूले पूर्ण खोप लगाएको पाइएको छ । १६ देखि २३ महिना सम्मका कुनै पनि खोप लगाउन छुटेको संख्या नपाइएकाे नगरपालिकाले जनाएकाे छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव दशरथ कुमार श्रेष्ठको प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा अध्यक्षता बागचौर नगरपालिका नगर प्रमुख तथा नगर खोप समन्वय समितिका अध्यक्ष लोकमान बुढाथोकीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस