बन्द भएको लाइसेन्स आवेदन खुलाउने तयारी

२२ असार २०७८, मंगलवार

२२ असार |बैशाख दोस्रो साताबाट बन्द भएको सवारी अनुमति पत्र आवेदन (लाइसेन्स) तथा ट्रायल परीक्षा खुलाउन यातायात व्यवस्था विभाग अन्तरिक छलफलमा जुटेको छ ।

गत बर्ष पनि कोरोना भाइरस संक्रमणको पहिलो लहरकै कारण झन्डै १० महिना सवारी अनुमति पत्र आवेदन र ट्रायल परीक्षा रोकिएको थियो । पुनः दोस्रो लहरको कारण तीन महिना पूर्णरुपमा सञ्चालन हुन नपाउँदै बैशाखको दोस्रो साताबाट सबै प्रक्रिया स्थगित भएको थियो ।

अब यातायात व्यवस्था विभागले फरक मोडालिटिका आधारमा भिडभाड रोकी स्वास्थ्य मापदण्ड पालना गराएर ट्रायल परीक्षा सञ्चालन गराउने योजना बनाएको छ । विभागका अनुसार ट्रायल परीक्षा तथा सवारी लाइसेन्स आवेदनको बिषयमा यातायात विभाग प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयमा समन्वय भइरहेको छ ।

लामो समयदेखि पुर्णरुपमा लाइसेन्स ट्रायल परीक्षा हुन नसेको र तीन महिनामै १० लाख भन्दा बढी लाइसेन्सका लागी आवेदन परेकाले सवारी प्रयोगात्मक परिक्षा खुलाउनुपर्छ भन्ने पक्षमा रहेको विभागले जनाएको छ ।

विभागले आसार १ गतेदेखि अंक प्रणालीमा ट्रायल परीक्षा लागू गरिसकेको छ । अब हुने ट्रायल परिक्षामा नयाँ प्रणालीले प्रयोगात्मक परीक्षालाई सरल बनाउने र अधिकांश सेवाग्राही ट्रायल पास भएसँगे यातायामा चाँप घट्ने विभागको अनुमान छ ।

हाल यातायात व्यवस्था विभागले स्मार्टकार्ड ल्याउन नसकेपछि एक बर्षका लागि अस्थाइ परिक्षणकालिन सवारी अनुमाति पत्र साउनदेखि वितरण गर्ने समेत तयारी छ ।

प्रतिक्रिया दिनुहोस