सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
१८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४ असारबाट खोपको आपूर्ति शुरु हुनेछ। खोप साप्ताहिकरुपमा विभिन्न चरणमा आउने मन्त्रालयले जनाएको छ।
सरकारले हालसम्म कूल ४२ लाख ४८ हजार डोज खोप छिमेकी राष्ट्र र कोभ्याक्समार्फत् प्राप्त गरेको जनाएको छ।
हालसम्म २५ लाख ७४ हजार जनाले पहिलो र ७ लाख ५७ हजारले दुवै डोज खोप लगाएका छन्। मन्त्रालयका अनुसार २२ असारबाट भेरोसेल खोपको दोस्रो डोज प्रदान गरिंदै छ। 
