लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
७ असार, सल्यान। बागचाैर नगरपालिकाकाे प्राविधिक शाखामा कार्यरत कर्मचारी सब-ईन्जिनियर भुपेन्द्र डाँगीले आफ्नो जन्म दिनकाे अबसरमा बागचौर नगरपालिकाकाे कोरोना भाइरस (कोभिड १९)को उपचार, रोकथाम तथा नियन्त्रणका निमित्त नगरपालिकाले सञ्चालन गरेको गरेको कोभिड १९ आइसोलेसन केद्रका विरामीकाे लागि फलफुलहरू: अनार, केरा र स्याउ उपलब्ध गराएका छन् ।
उक्त आइसाेलेसन केन्द्रमा अहिले छ (६) जना काेराना सक्रमित विरामि रहेका छन् । बागचौर नगरपालिकाको नयाँ भवनमा २५ शय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा रहेकाे छ । आइसोलेसन केन्द्रमा डा. जीवन बस्नेतको नेतृत्वमा १० जना स्वास्थ्यकर्मी, ३ जना गाडी चालक र ५ जना कार्यालय सहयोगी हुनुहुन्छ । आइसोलेसन ३८ थान ठुला अक्सिजन सिलिन्डर र ७ थान अक्सिजन कन्सन्ट्रेटर सहित २४ सै घण्टा सञ्चालनमा रहेको छ ।