सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
०२ ,असार,सल्यान। केही दिन यता भइरहेको लगातारको वर्षाको कारण पहिरो जादा बन्द भएको राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड सुचारु भएको छ ।
बर्षापछि आएको पहिरोका कारण सल्यानको कपुरकोट गाउँपालिका ३ बस्वारी भन्ने स्थानमा झरेको पहिरोका कारण मंगलबार देखी नै सडक अवरुद्ध भएको थियो ।
लामो समयको प्रयास पश्चात बुधबार दिउसोँपछि सडक पुर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख प्रहरी नायय उपरिक्षक गोबिन्द थापाले पहिरो हटाएपछि आज दिउसोँ बाट सडक सचारु भएको जानकारी दिनुभयो । उहाँले जिल्लामा बर्षा निरन्तर रुपमा भैरहेको भएपनि जिल्लामा आज कुनै पनि क्षति नभएको जानकारी दिनुभएको छ । जिल्लाका केही ग्रामिण सडकहरु भने अबरुद्ध भएका छन् ।