ज्ञानेन्द्र शाहीले छत्रेश्वरीलाई प्रदानगरे कन्सन्ट्रेटर सहित ५ लाखको स्वास्थ्य सामाग्री

२०७८ जेष्ठ २८, शुक्रबार

जेठ २८, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिकालाई ज्ञानेन्द्र शाहीको पहलमा स्वास्थ्य सामाग्री प्राप्त भएको छ। “हाम्रो नेपाल हामी नेपाली”का संयोजक शाहिको पहलमा स्वास्थ्य सामाग्री आएको हो।

यसैगरी गाउँपालिकाको वडा नम्बर( २ लाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहितका अन्य स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको वडा अध्यक्ष प्रेम खड्काले बताए।

प्राप्त भएको स्वास्थ्य सामाग्री ५ लाख बराबरको रहेको छ। उक्त सामाग्री ज्ञानेन्द्र शाहीले हस्तान्तरण गरेका हुन। बोधीसत्वा बिहार बिहारको आर्थिक सहयोग, हामी नेपाली हाम्रो नेपालका संयोजक शाहिको समन्वयमा आएको उक्त सामाग्री ल्याउन हेमराज ओलि र शिव घर्तीले पहल गरेका थिए।

गाउँपालिकालाई उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको प्रती गाउँपालिका अध्यक्ष सन्तोष केसिले ज्ञानेन्द्र शाही लगाएत सम्पुर्ण पहलकर्ता हरुलाई धन्यवाद ब्यक्त गरेका छ्न।

प्रतिक्रिया दिनुहोस