सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
२७ जेठ । बागचौर नगरपालिकाले सञ्चालन गरेको कोभिड-१९ आइसोलेसन केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोग गरेकाे छ ।
राष्ट्रिय आविष्कार केन्द्रले पिपिई सेट २७ थान उपलब्ध गराएकाे छ, भने फेस सिल्ड – ५० थान आइसोलेसन केन्द्रलाई उपलब्ध गराएर सहयाेग गरेकाे हाे र यस्तै टु वए अक्सिजन क्यानुला – ५ थान पनि उपलब गराएकाे छ।
उक्त सहयाेगकाे लागि सहजिकरण राष्ट्रिय आविष्कार केन्द्र मा कार्रत भरत बिसीले गरेका छन् ।
बागचौर नगरपालिकाको आइसोलेसन केन्द्रमा डा. जीवन बस्नेतको नेतृत्वमा १० जना स्वास्थ्यकर्मी, ३ जना गाडी चालक र ५ जना कार्यालय सहयोगी हुनुहुन्छ । आइसोलेसन केन्द्र ३८ थान ठुला अक्सिजन सिलिन्डर र ६ थान अक्सिजन कन्सन्ट्रेटर सहित २४ सै घण्टा सञ्चालनमा रहेको छ ।