सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
जेठ २२, काठमाडौं । नेकपा एमालेको माधव नेपाल निकट पक्षकाे स्थायी कमिटीको बैठक आज दिउँसो बस्दै छ ।
स्थायी कमिटी बैठक दिउँसो एक बजेका लागि तय गरिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
माधव नेपाल निकट पक्षको दुई दिन केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले पार्टी एकता बचाउनको लागि केपी शर्मा ओलीसँग वार्ता गरिरहने भएपनि उनको भर पर्नु नहुने निष्कर्ष निकालेको थियो । तुरुन्त अर्को पार्टी दर्ता गर्ने र वार्ताको प्रयास गर्ने दुईथरी मत प्रकट भएका थिए ।
स्थायी कमिटी बैठकले पनि माधव समुहको आगामी दिशा र रणनीतिको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।