सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
२१,जेठ|केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहका १० जना सहभागी हुने भएका छन् । जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी हुने भएका हुन् । महतो उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री हुने भएका छन् । त्यस्तै शरतसिंह भण्डारी उर्जा, अनिल झा( खानेपानी र बिमल श्रीवास्तव श्रममन्त्री हुने झाले बताए ।
को को बन्दै छन् मन्त्री:
१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री
२.शरतसिंह भण्डारी – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री
३.अनिल झा – खानेपानी मन्त्री
४.बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्त्री
५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्त्री
६.लक्ष्मण लाल कर्ण – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
७.चन्दा चौधरी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
८.एकबाल मियाँ- वन तथा वातावरण मन्त्री
९.चन्द्रकान्त चौधरी – उर्जा राज्य मन्त्री
१०.रेणुका गुरुङ – महिला राज्य मन्त्री