सल्यान, २४ पुस । ग्रामीण क्षेत्रमा दिगो खानेपानी, सरसफाइ र […]
१९,जेठ|स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लाग्ने खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सात दिनभित्र आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न भनिएको उनले बताए । “बिरामीको उपचारबापत लाग्ने रकमबारे जानकारी पाउने प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानूनी एवम् नैतिक कर्तत्व हो”, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ ।
साथै अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख गरी शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।