सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
१८,जेठ| सल्यानको बागचौर नगरपालिकाले आफ्ना १२वटै वडामा स्वास्थ्यकर्मी सहितको टोलिले कोरोना परीक्षण सम्पन्न गरेको छ।
नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै रोजगारीको सिलसिलामा बाहिर गएर आएका ब्यक्ति तथा ज्वरो,रुघाखोकीका साथै कोरोना सङ मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरूको एन्टिजिन परीक्षण गरेको हो ।
नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्थाका प्रमुखहरू सँग मिति जेष्ठ ११ गते नगरपालिकाको कार्यालयमा बैठक बसालेर जेठ १२ देखि कोरोना भाइरस (कोभिड १९) को गाउँ गाउँमा गएर अहिलेको अवस्थाबारे यकिन तथ्यांक संकलन गर्ने, होम आइसोलेसनमा बसेका, कोरोनाको लक्षण देखिएका बिरामीलाई आवश्यक परामर्श, उपचार, परीक्षण र अवस्था हेरेर नगरपालिकाको आइसोलेसनमा ल्याउन साथै वडाको समन्वयमा कोरोनाको लक्षण देखिएका व्यक्तिहरूको एन्टिजिन परीक्षण गर्ने निर्देशन गरेकाे थियोे ।
साेहि अनुरूप नगरपालिकाभित्र गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ देखिएमा बिरामीको अवस्था हेरेर नगरपालिकाको आइसोलेसन केन्द्रमा पठाएकाे छ,भने पोजेटिभ देखिएका व्यक्तिको अवस्था सामान्य भएपनि अनिवार्य १४ दिन होम आइसोलेसनमा बस्नुपर्ने जानकारी गराउदै स्वास्थ्य परामर्श दिएकाे छ।
वडा-वडामा परीक्षण गर्दा केही कारणवश छुट्नुभएका हरुले नगरपालिकाले सञ्चालन गरेको कोभिड १९ आइसोलेसन केन्द्र कोरोनाको परीक्षण र उपचार गर्न २४ सै घण्टा खुल्ला रहने जानकारी गरायकाे छ ।
नगरपालिका भित्रकाे सम्पूर्ण वडाकाे परिक्षणमा वडा नम्बर १ र २- ५२ जनाको एन्टिजिन परीक्षण गरिएकोमा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो।यस्तै वडा नम्बर ३मा १५ जनाको एन्टिजिन परीक्षण गरिएकोमा रिपोर्ट सबैको नेगेटिभ देखिएको हो।
वडा नम्बर ४ मा १६ जनाको एन्टिजिन परीक्षण गरिदा १२ जनाको नेगेटिभ, ४ जनाको पोजेटिभ देखिएको छ भने वडा नम्बर ५ मा २७ जनाको एन्टिजिन परीक्षण हुदा १९ जनाको नेगेटिभ र ८ जनामा पोजेटिभ पाइएको हो।
यसैगरि वडा नम्बर ६ मा १७ जनाको परीक्षण गर्दा ९ जना नेगेटिभ, ८ जना पोजेटिभ देखिएको हो। साथै वडा नम्बर ७ – ३० जनाको परीक्षणमा , २४ जना नेगेटिभ, ६ जना पोजेटिभ भेटिएको हो । वडा नम्बर ८ मा ६७ जनाको एन्टिजिन परीक्षणमा , ६२ जनामा नेगेटिभ, ५ जना पोजेटिभ पाइएको हो।
यसका साथै वडा नम्बर ९ मा ३३ जनाको एन्टिजिन परीक्षणमा , २१ जनाको नेगेटिभ, १२ जनाको पोजेटिभ पाइएको हो। वडा नम्बर १० मा ३५ जनाको एन्टिजिन परीक्षण गर्दा २ जना मा पोजेटिभ भेटिएको हो।
यस्तै वडा नम्बर ११मा १८ जनाको परीक्षण,७ जनामा कोरोना पोजेटिभ देखिएको हो। वडा नम्बर १२मा ५४ जनाको एन्टिजिन परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
नगरपालिकाले सञ्चालन गरेको (कोभिड १९)आइसोलेसन केन्द्रमा ३८ ठुला अक्सिजन सिलिन्डर र ६ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छन् । स्वास्थ्यकर्मी सहित नगरपालिकाले प्रत्येक वडामा सञ्चालन गरेको एन्टिजिन परिक्षणमा बिरामीहरुको अवस्था हेरी जटिल र अक्सिजन दिनुपर्ने खालको बिरामीलाई नगरपालिकाको आइसुलेसन केन्द्रमा र सामान्य अवस्था रहेका विरामीहरुलाई होम आइसुलेसन मा राख्ने गरेको छ ।