स्वर्गीय बुवा दुर्गाबहादुर ओलीको सम्झनामा आइसोलेशन केन्द्रलाई छोराहरुको आर्थिक सहयोग ।

१३ जेठ २०७८, बिहिवार


१३ जेठ सल्यान| आफ्नो बुबाको १३ औं दिनको पुण्य तिथिको अवसरमा छोराहरूले सल्यानको बागचौर नगरपालिकाले संचालन गरेको आइसुलेसन केन्द्रलाई नगत रु.चालीस हजार पाँच  सय पच्पन्न  सहयोग गरेका छन्।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा घर भई हाल अमेरिकामा रहदै आएका मनमोहन ओली र बिनोद ओलिले आफ्ना स्वर्गीय बुबा दुर्गालाल ओलीको १३ औं दिनको पूण्य तिथिको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन्।

आइसुलेसन केन्द्रमा बिहिवार नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी तथा उपप्रमुख कल्पना पुनले संयुक्तरुपमा उक्त रकम बुजिलिनु भएको हो।

 

बुबाको उपचारमा लाखौं पैसा खर्च गरेको भएपनि पैसाले सबैको जिन्दगी बचाउन नसकिने भन्दै बुवाको सम्झनामा आफुहरुले कोभिड-१९) कोरोना भाइरसको महामारी सँग संघर्ष गरिरहेका व्यक्तिहरूको लागि उक्त रकम सहयोग गरेको ओलि दाजुभाइले बताएका छन् त्यस्तै नगरप्रमुख बुढाथोकीले आइसुलेसनका लागि आएको नगद पैसा नगरपालिकाको बैंक खाता मार्फत आइसुलेसनकै लागि खर्च गरिने बताउनुभयो।

समाजसेवामा निकै सक्रिय रहेका ओलिको फोक्सोमा समस्या भएपछि हेलिकप्टर मार्फत पोखराको ग्यालेक्सी अस्पतालमा लगेर भेन्टिलेटरमा उपचार गर्दै गर्दा गत जेष्ठ २ गते आइतबार उपचारका क्रममा मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस ।

सल्यानमा विद्यालयलाई प्रविधिसँग जोड्न अमेरिकाबाट नेपाली युवाको सहयोग

प्रतिक्रिया दिनुहोस