छत्रेश्वरी गाउँपालिकाले प्रत्येक वडामा एन्टिजेन परीक्षण गर्ने

४ जेठ २०७८, मंगलवार

४,जेठ-सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो प्रत्येक वडाहरुमा एन्टिजेन परीक्षण गर्ने भएको छ।

जिल्लामा तीव्र रुपमा फैलिरहेको दोस्रो चरणको (covid-19)बाट संक्रमित हुने र मृत्यु हुने दर बढ्दो क्रममा रहेको बेला बिरामीहरूको सुविधालाई मध्यनजर गरी एन्टिजेन परीक्षण गरिनलागेको गाउँपालिकाले जनाएको छ।

जस अनुसार वडा नम्बर १ का लागि ५ गते बिहान १० बजेदेखी १ बजेसम्म भानुभक्त माबी दमाचौरमा ,वडा नम्बर २ का लागि भगवती आधारभुत बिधालय दहखोलामा ५ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म, यस्तै वडा नम्बर ५ का लागि महेन्द्र माबी पाखापानीमा ६ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म,वडा नम्बर ४ का लागि वडा कार्यालय जयचौरमा ७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म,वडा नम्बर ३ का लागि जानकी मा.बि. दोहलीमा ७ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म,वडा नम्बर ७ का लागि वडा कार्यालयमा ८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र वडा नम्बर ६ का लागि छायाक्षेत्र स्वास्थ्य चौकीमा दिउँसो २ बजेदेखि ५ बजेसम्म एन्टिजेन परीक्षण गरिने गाउँपालिकाले जनाएको छ।

हाल गाउँपालिकामा सोमबार बेलुकी सम्म १५५ जनाको एन्टिजिन परीक्षण गरिएकोमा ७१ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गाउँपालिकामा १३ जना महिला र १८ जना पुरुश गरि ३१ जनामा पिसिआर पोजेटिभ देखिएको छ।

यस्तै जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा पनि मंगलबार सम्म पिसिआर पोजेटिभ संख्या ११०३ रहेको छ भने सक्रिय संक्रमीत को संख्या ५७१ रहेको छ। जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने हालसम्म निकोहुनेहरूको संख्या १हजार १ सय ११ रहेको  जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस