सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
१ जेठ,सल्यान |सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ ।
छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो । रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि कोरोना पोजिटिभ देखिएको थियो । अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमा बसेका थिए ।
यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जिल्ला अस्पताल सल्यानका क्लिनिकल ईन्चार्ज भीमकान्त जैसीले बताए । उनका अनुसार जिल्लाभित्र २२ र बाहिर चार जनाको मृत्यु भएको छ ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ९ सयभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये झन्डै ६ सय होम आइसोलेसनमा छन् ।