सलमानको सबैभन्दा खराब फिल्ममा ‘राधे’ पनि

१ जेठ, २०७६

काठमाडौं । सलमानको फिल्म राधे दर्शक र समीक्षकको नजरमा कमजोर ठहरिएको छ । आइएमडिबीमा पनि फिल्मले खराब रेटिङ पाएको छ । आइएमडिबी रेटिङका अनुसार, ‘राधे’ सलमानको सबैभन्दा खराब फिल्ममा सामेल भएको छ । फिल्मलाई १० मा २.५ रेटिङ मिलेको छ ।
सलमानको फिल्म राधे दर्शक र समीक्षकको नजरमा कमजोर ठहरिएको छ । आइएमडिबीमा पनि फिल्मले खराब रेटिङ पाएको छ । आइएमडिबी रेटिङका अनुसार, ‘राधे’ सलमानको सबैभन्दा खराब फिल्ममा सामेल भएको छ । फिल्मलाई १० मा २.५ रेटिङ मिलेको छ ।
यसअघि सलमानको ‘रेस ३’ ले १.९ रेटिङ पाएको थियो । सलमानको सबैभन्दा कम रेटिङ पाउने फिल्ममा सामेल भएको ‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्म रिलिज भएको केही घन्टामै जी प्लेक्सको सर्भर क्रास भएको थियो ।
तर, एक घन्टापछि एपले काम गर्न थालेको थियो । फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा, ज्याकी श्राफ लगायतको पनि मुख्य भूमिका छ । दर्शकले सलमानको एक्सन भने रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस