डाक्टरहरु पनि यहाँ आउँछन, उनीहरुको बिश्वास छ कि यो उपचार विधिले उनीहरुको रोग प्रतिरोधी क्षमता बढ्छ ।’ गौतम मनिलाल बोरिसा नामका एक सहभागीले दावी गरे । एउटा औषधि कम्पनीमा काम गरिरहेको गौतमको दावी छ कि यही बिधिको उपचारले गर्दा उनी गत बर्ष कोरोना लाग्नबाट बचे ।
डाक्टर तथा बिज्ञहरुले पटकपटक यस्ता वैकल्पिक उपचार बिधिले झन खतरा निम्त्याउने भन्दै चेतावनी दिइरहेका छन् । आफ्नो शरिरमा रोग प्रतिरोधी क्षमता रहेको भ्रममा पर्दा बेलैमा कोरोनाको उपचार हुनबाट बञ्चित हुने भन्दै चिकित्सकहरुले यस्ता कार्यप्रति चिन्ता जनाइरहेका छन् ।
गौमुत्र र गोबरबाट कोरोना प्रतिरोधी क्षमता बढ्ने भन्दै भारतीय गाउँहरुमा यसको प्रयोग भइरहेका घटनाहरु बाहिर आएका छन् । उत्तर प्रदेशका भारतीय जनता पार्टीका एक सांसदले गौमुत्र पिएर आफुलाई अहिलेसम्म कोरोना नलागेको दाबी गरेका थिए ।