बागचौर नगरपालिकाले २५ बेडको आइसोलेसन वार्ड निर्माण गर्दै , स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तत्काल विज्ञापन गर्ने ।

नगरपालिकाले रमेश मल्लको सहजीकरणमा आइसुलेसन लागि आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डर ल्याउने प्रक्रियासमेत अगाडि बढाएको छ।

२३,बैशाख सल्यान |बागचौर नगरपालिकाले आफ्नो नवनिर्मित पालिकाको नयाँ भवनमा २५ बेडको आइसोलेसन वार्ड निर्माण गर्ने भएको छ ।

नगर उपप्रमुख कल्पना पुनको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। साथै नगरपालिकाले रमेश मल्लको सहजीकरणमा आइसुलेसन लागि आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डर ल्याउने प्रक्रियासमेत अगाडि बढाएको छ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी निर्णय गर्दै आइसुलेसन वार्डमा खटिने जनशक्ति मेडिकल अधिकृत १ जना(MBBS), स्टाफ नर्स २जना , हेल्थ असिस्टेन्ट (HA)२ जना ,अ.न.मी. २ जना र स्वयम्सेवक ४ जनाका लागि तत्काल विज्ञापन गर्ने भएको छ।

आफ्नो खर्च बाट धान्न नसक्ने कोरोनाका बिरामीहरुलाई खलंगा जाने र कोरोनाको कारण मृत्यु भएका व्यक्तिहरुलाई खलंगाबाट घर सम्म निशुल्क सवारी साधनको व्यवस्था गर्ने समेत जनाएको छ।

हाल नगरपालिकामा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ। कोरोनाका कारण बागचौर नगरपालिकामा ४ जनाको मृत्यू भइसकेको छ भने, पालिकास्तरबाट ६७ जनाको एन्टिजिन परीक्षण गरिएकोमा ३३ भन्दा बढीमा एन्टिजिन पोजेटिभ देखिएको छ।

नगरपालिकामा कार्यरत नगरप्रमुख सँगै प्रशासकीय अधिकृत ,शिक्षा प्रमुख ,सूचना अधिकारी, कृषि शाखा प्रमुख , प्रकोप ब्यबस्थापन शाखा प्रमुख ,लगायत नगरपालिकामा कार्यरत अन्य कर्मचारीमा कोरोना संक्रमण तथा लक्षण देखिएकाले नगरपालिकाको काम समेत प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस