सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
१८,बैशाख -सल्यान| सल्यानमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ निवासी वर्ष २७ का पुरुषको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो ।
ज्वरो तथा रुघा खोकीका विरामी रहेका उनीमा एकाएक श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल खलङ्गा लगिएपनि सल्यान अस्पतालमा उपचार सुरु हुन नपाउदै उनको ज्यान गएको हो । मृत्युपछि उनको स्वाव परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।
आज मात्रै जिल्ला अस्पताल सल्यानमा गंगादेव गाउँपालिका वडा नं ३ निवासी ४८वर्षीय एक महिलाको उपचारको क्रममा ज्यान गएको छ।