सल्यान अस्पतालमा रोल्पा गंगादेवकि  कोरोना संक्रमीत महिलाको मृत्यु

१८, बैशाख २०७८

१८ बैशाख, सल्यान|कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।
रोल्पा गंगादेव गाउँपालिका- ३ निवासी ४८ वर्षीया एक महिलाको सल्यान जिल्ला अस्पतालमा सनिवार उपचारको क्रममा मृत्यु भएको हो ।

विगत ३/४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो ।

एन्टीजिन टेष्ट गर्दा कोरोना देखिएपछि अक्सिजनमा राखी उपचार गरिएको थियो । उपचारकै अवस्थामा शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस