जेठ २३, काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि […]
१३ वैशाख| अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए । चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो। उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू यस प्रकार रहेका छन् ।
-घाँटी दुख्ने
– टाउको दुख्ने
-पखाला लाग्ने
-ज्वरो आउने
-खोकी लाग्ने
-श्वास फेर्न गाह्रो हुने
-बिग्रँदै गए निमोनिया हुने
-श्वासप्रश्वासका अन्य रोग लाग्ने
-मिर्गौला फेल हुने
-मृत्यु पनि हुन सक्ने
-सुँघ्ने क्षमता पनि शिथिल
केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्।’
बच्ने उपाय
-चिकित्सकसँग परामर्श लिने
-हाँच्छयुँ गर्दा आँखा र नाक नमिच्ने
-सरसफाइमा ध्यान दिने
-भीडभाडमा नजाने
-माक्स लगाएर मात्र हिँड्ने
-नियमित रूपमा सबुन पानीले हात धुने
-मुखामुख कुराकानी नगर्ने ।
-जथाभावी नथुक्ने ।
-अण्डा तथा मासु खानुपर्ने भए निकै राम्रोसँग पकाएर मात्र खाने ।