बि.ब्य.स .अध्यक्ष मा निर्बाचित चन्दलाई रा. प्र. पा. नेपालका नगर अध्यक्ष प्रमोद कुमार डाँगीले गरे सम्मान

०४, बैशाख २०७८

जिल्लाको बागचौर नगरपालिका वडा नं ८ स्थित कालिका मा.बि. कोटमौलाको बिध्यालय ब्यबस्थापन समिती अध्यक्षमा रास्ट्रीय प्रजातन्त्र पार्टी नेपालका नगर सदस्य राजेन्द्र बहादुर चन्द निर्बाचित भएका छन्!

गत चैत्र १६ गत्ते भएको बिध्यालय ब्यबस्थापन समितीको निर्बाचनमा निर्बाचित भएका चन्दलाई बैसाख ४ गत्ते एक औपचारिक कार्यक्रममा साथ,रास्ट्रीय प्रजातन्त्र पार्टी नेपालका बागचाैर नगर अध्यक्ष प्रमोद कुमार डाँगीले सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष डाँगीले निर्बाचित चन्दलाई अमुल्य मत दिने सम्पुर्ण अभिभावकहरुलाई धन्यवाद दिदै निर्बाचित चन्दलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस