दार्मा गाउँपालिकाका विद्यालयहरु हरुमा नियमित पठनपाठन हुने

१६, चैत्र २०७७

१६-चैत्र , सल्यान |सल्यानको दार्मा गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सम्पूर्ण विद्यालयहरुमा नियमित पठनपाठन हुने जनाएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखापरेको प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै देशभरीका विद्यालयहरु चैत्र २० गते शुक्रबार सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

तर दार्मा गाउँपालिकामा भने विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने खालको प्रदूषण नभएको भन्दै आफ्ना गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा नियमित पठनपाठन हुने जनाएको छ ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका क्षेत्र भित्र हालसम्म वातावरणीय असहजता सिर्जना नभएको र लामो समयदेखि कोभिड १ ९ को कारण मङ्सिर महिनादेखि मात्रै पठनपाठन नियमित भएको तथा आगामी जेठ महिनामा सञ्चालन हुने वार्षिक परीक्षालाई समेत मध्यनजर गर्दै विद्यालयमा नियमित पठनपाठन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस