सल्यानमा एकीकृत समाजवादीबाट एक दर्जन बढी नेताकार्यकर्ता एमालेमा फर्किएका छन् […]
होलि पर्वको अवसर पारी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कपुरकोट गाउंकमिटिले आइतबार शुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेला गरेको छ । पर्यटकिय स्थल कपुरकोट ४ स्थित घंगारिचौरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले मनमुटाव र पुरानो रिसराग बिर्सिएर अगाडि बढ्नका लागि होलि पर्वले प्रेरणा दिने विश्वास अयक्त गरे । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख समेत रहेका सेनले “सत्य डग्दैन असत्य टिक्दैन” भन्ने मान्यताका साथ यो पर्व शुरुवात भएको बताए । आफ्नो पार्टी भित्र पनि कतिपय स्वार्थलाई अंगालेका नेताहरुको दुष्प्रयास, जालझेल नटिकेको भन्दै उनले केपि ओलिको नेतृत्वमा नै समृद्धि र नेपालिजनमा खुसी प्राप्त हुने बताए ।
युवा संघ कपुरकोटका अध्यक्ष कुबेर केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउँपालिकाका इन्चार्ज घनश्याम शर्मा, युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढा, युवा संघका केन्द्रीय सदस्य द्रोण केसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मित्र कठाएतले गरेका थिए ।
कार्यक्रममा करिव तीन सय अगुवा कार्यकर्ताहरुले एक आपसमा होलि खेलेर शुभकामना आदान प्रदान गरेको युवा संघ कपुरकोटले जानकारी दिएको छ ।