सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
काठमाडाैं, ५ चैत । गत पुस ५ गतेबाट रोकिएको मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सञ्चालन हुँदैछ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए ।
१६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो । निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् ।