उद्योग बाणिज्य संघ चुनाव: जित सुनिश्चित रहेको संयुक्त व्यवसायी प्यानलको दाबी ।

२५,फाल्गुन २०७७

सल्यान- उद्योग वाणिज्य संघ सल्यानको नयाँ नेतृत्वको लागि चुनावी मैदानमा उत्रीएको संयुक्त व्यवशायी प्यानलका उम्मेदवारहरुलाइ पश्चिम सल्यानमा स्वागत गरिएको छ ।
संघका निबर्तमान वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी नेतृत्वको प्यानललाइ बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेविन्द कुमार पुन र व्यापारी, व्यवसायिले भव्य स्वागत सँगै खादा र अविरअावरण सहित अग्रिम शुभकामना तथा बधाई दिएका हुन।

शुक्रबार देखी जिल्ला चुनाब प्रचारप्रसार लाई तिब्रता दिएको उक्त टिमले साेमवार विहान सल्लिवजारमा व्यापारीहरुकाे घरमै पुगेर अाफ्ना चुनावी एजेण्डा र प्रतिवद्धता जाहेर गर्दै मत दिन आग्रह गरेको महासचिव पदका उम्मेद्वार रुपक बुढाले बताए ।

संयुक्त व्यवसायी प्यानलले कालिमाटि गाउँपालिका, बनगाड कुपिण्डे, कुमाखमा पनि प्रचार प्रसार गरेको छ । व्यवसायिक एकता आजको आबस्यकता, आर्थिक समृद्धि र पारदर्शिता भन्ने मुल नाराका साथ यो प्यानल नयाँ नेतृत्वको लागि चुनावी मैदानमा उत्रीएको छ । यहि फागुन २९ गते हुने उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनका लागि आफ्ना एजेण्डाहरु मतदातामाझ पुर्याउने उद्देश्यले प्रचारप्रसार सुरु गरिएको उक्त प्यानलले जनाएको छ ।

यो यात्रा नेतृत्व हत्याउने रणनीति मात्रै नभएर जिल्लाका व्यापारीहरुको समस्याहरुका बारेमा समेत सम्बोधन गर्ने गरि टिम खडा भएको दावि यो प्यानलको छ । गत बर्षको नेतृत्वमा पुरा हुन नसकेका कामहरुलाई पुरा गर्ने उद्धेश्यले निर्बाचनमा होमिएको अध्यक्षका दाबेदार कुमार बुढाथोकीले बताए ।

व्यवसायिक एकता, हकहित, पर्यटन, महिला लघु उद्यम, एकद्वार प्रणाली, आर्थिक बिकास, व्यवसायिक सुरक्षा लगाएतका प्रमुख प्रतिबद्धता सहित मतदातामाझ पुगेको संयुक्त व्यवसायी प्यानलले आफ्नो प्यानलको जित सुनिश्चित रहेको दाबी गरेको छ ।।

प्रतिक्रिया दिनुहोस