सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यान, १९ फागुन । यहि फागुन २९ गते हुन लागेको सल्यान उद्योग वाणिज्य संघको चुनावको लागि उम्मेदवारी दर्ता गराएको संयुक्त व्यवशायी प्यानलले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपा समर्थक उद्योगी, व्यवशायिहरुले संयुक्त व्यवशायी प्यानल बनाएर निर्वाचनमा होमिएका हुन ।
बुधबार मनोनयन दर्ता पश्चात उद्योग वाणिज्य संघको सभाहलमा संयुक्त व्यवशायी प्यानलका उम्मेदवारहरुले परिचयात्मक कार्यक्रम संगै आफ्नो प्यानललाइ कसरी जित दिलाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरेका हुन । सो अवसरमा नेपाली कांग्रेस, नेकपा ओलि समूह र राप्रपाका नेताहरुले उम्मेदवारहरुलाइ जितको लागि अग्रिम बधाइ दिएका थिए ।
यो प्यानलबाट अध्यक्षमा कुमार बुढाथोकी,वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले चुनाव लड्दै छन ।
महिला सदस्यमा सरिता रावल गिरि, लक्ष्मी सार्कि र अमृता कुमारी बोहरा, दलित सदस्यमा अर्जुन नेपाली, जनजाती सदस्यमा कमल घर्ती, अल्पसंख्यक सदस्यमा जब्बार अलि, खुल्ला सदस्यहरुमा निर्मल शर्मा, शोबाराम बस्नेत, भिम ब ओलि, निम ब रोका, तेज ब खड्का, जय कृष्ण शर्मा, झक्कु प्रसाद रावत र वस्तुगत सदस्यमा मेघराज सुनारले उम्मेदवारी दिएका छन ।