सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यान जिल्ला क्षेत्र न १ को अगुवा सस्थागत बिध्यालय बागचौर नगरपालिकाको केन्द्रबिन्दु बा. न. पा. वडा न २ बागचौरमा अवस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले आफ्नो १४ औं वार्सिककोत्सव कार्यक्रम मिति २०७७ फाल्गुन १२ गतेका दिन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन बागचौर नगरपालिकाका नगर प्रमुख कार्यक्रमका प्रमुख अतिथि श्री लोकमान बुढाथोकीले १४ वटा क्यान्डिल बालेर १४ औं वार्सिक उत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिकामा अवस्थित यस बोर्डिङ स्कुलले नगरपालिकाका सरकारी बिध्यालयाइ समेत चुनौती दिएको, बिगतका बर्षमा नगरमै उत्कृष्ट नत्तिजा ल्याइ नगर टप गरि ईतिहास कायम गरेको, र यस बिध्यालयबाट अन्य सस्थागत बिध्यालय र सरकारि बिध्यालयले धेरै कुरा सिक्नु पर्ने र ब्याबहारमा समेत लागू गर्नु पर्ने कुरा बताउनु भएको छ । आउदा दिनहरुमा यो बिध्यालयले अझै उन्नती प्रगती गर्दै चुनौतिलाइ अवसरको रुपमा लिएर अघि बढ्ने सहास गरोस आफ्नो प्रभाव र छवि उत्कृष्ट बनाउदै उदाहरणिय बनी रोल मोडलको रुपमा स्थापित रहवस भनि उहाले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
यसै गरि प्याब्सन नेपालका केन्द्रिय सदस्य जिल्ला प्याब्सन सल्यानका सल्लाहकार महेस देवकोटाले शुभकामना मन्तव्यमा बोल्दै : सल्यान जिल्लाको उत्तरी बेल्डमा अवस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले जुनसुकै अवस्थामा पनि आफ्नो बिद्द्ता एकेबद्दता र सामुहिकताका साथ विभिन्न क्रियाकलापहरु गर्दै अग्रस्थान कायम गरि अघि बढेको र अन्य बिध्यालय भन्दा फरक धार र पृथक तरिकाले यो बिध्यालय निरन्तर कृयाशिल रहेको कुरा ब्यक्त गर्नु भएको थियो ।कार्यक्रमा बोल्दै देवकोटाले सस्थागत बिध्यालयलाइ सरकारले कुनै पनि खालको विभेद नगर्न अनुरोध गर्नु भएको छ । बोलिमा मात्रै हैन सरकारले ब्याबहारमा पनि सस्थागत बिध्यालयलाइ समेट्दै अघाडी बढन सके एक अर्का बिचको सम्बन्ध प्रगाढ हुन सक्ने सुझाब समेत दिनुभएको थियो ।
यसै गरि अर्का बक्ता बिध्यालय अभिभावक संघका अध्यक्ष कमल वलिले शुभकामना मन्तव्यमा बोल्दै :
यो बिध्यालय बागचौर नगरपालिकाको मात्रै नभएर जिल्लाकै सस्थागत नमुना बिध्यालयको रुपमा स्थापित भएको कुरा ब्यक्त गर्नु भएको छ । यो बिध्यालयले विभिन्न बाधा अवरोध र चुनौतीलाई समेत अवसरको रुपमा लिएर गुणस्तरीय शिक्षा प्रवाह गरि बिध्यार्थी र अभिभावक समेतलाइ बिश्वास्त पारेको कुरा ब्यक्त गर्नु भएको थियो । उहाले बिगत सम्झिदै बागचौर नगरपालिकाले आयोजना गरेका हरेक अतिरिक्त क्रियाकलापहरुमा समेत समुर्ण सरकारी बिध्यालयलाइ उछिन्दै आफ्नो उत्कृष्ट स्थान सुरक्षित राख्दै आजको यो दिन सम्म आएको कुरा ब्यक्त गर्नु भएको थियो ।
त्यसै गरि उक्त कार्यक्रममा जनकल्यान नमुना माबी थारमारेका शिक्षक लोक पप गायक वीर नेपाली गितका सर्जक, गायक, मोडल शेर बहादुर डाङ्गी, जनप्रीय पोलिकिल्निक प्रालिका संचालक भिम वलि , रिसोर्स बोडिङ्ग स्कुल बा. न. पा.५ बाङ्गेलाखुरिका संचालक एवम प्रीन्सिपल हिमाल भण्डारि लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बिध्यालयले आफ्नो वार्सिक उत्सबको सुअवसरमा गरिएका विभिन्न अतिरिक्त क्रियाकलाप खेलकुद एवम सास्कृतिक कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने करिव ८९ जना बिध्यार्थिलाइ पुरस्कृत गरेको थियो ।
बिध्यालयका प्रीन्सिपल इन्द्र भण्डारिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सभा अध्यक्ष बिध्यालयका प्रबन्ध निर्देशक गणेश केसि रहनु भएको थियो भने उत्त कार्यक्रमको सन्चालन बिध्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तारादेव शर्माले गर्नु भएको थियो ।