प्रचण्ड-नेपाल समुहको नेकपा सल्यानको जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठ चयन

जिल्ला सचिवमा भने कर्ण बहादुर बुढाथाेकीलाई यथावत् राख्ने

१०,फाल्गुन| प्रचण्ड-नेपाल समुहको नेकपा सल्यानको लागी जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठलाइ ताेकेकाे छ ।

फाइल तस्वीर

तत्कालीन माओवादी र एमाले एकता भएपछि अध्यक्ष बनेका गोबिन्द पुन पार्टी विभाजन पछि केपी शर्मा ओली समुहतिर खुलेपछि रिक्त रहेको उक्त पदमा प्रचण्ड-माधव समुहले श्रेष्ठलाइ अध्यक्षमा ताेकेकाे हाे ।श्रेष्ठ पुर्व एमालेका नेता हुन् ।

उक्त समूहले जिल्लाका सचिवमा भने कर्ण बहादुर बुढाथाेकीलाई यथावत् राख्ने भएको छ । प्रचण्ड माधव समूहले ५०/५० प्रतिशत रहनेगरी केन्द्रबाट जिम्मेवारी बाडफाँट गर्ने निर्णय अनुसार सल्यानमा पनि पदीय भागबण्डा मिलाएको देखिएको छ।

प्रचण्ड-माधव समुहले देशका ६८ जिल्लामा नेतृत्व चयन गरिसकेको छ जसअनुसार पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस