भुमी समन्धी समस्या समाधान आयोग सल्यानको कार्यालय उद्घाटन

०९ फाल्गुन २०७७

भुमी समन्धी समस्या समाधान आयोग सल्यानको कार्यालय उद्घाटन गरिएको छ। आइतबार एक कार्यक्रमका बिच शारदा नगरपालिका २ खलंगामा जिल्ला बिकास समिति को स्थानीय बिकास कोष रहेको खाली भवनमा कार्यालय स्थापना गरिएको हो।

भुमि समन्धी समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगी को अध्यक्षता तथा कर्णाली प्रदेश संसद दलका नेता मा. गुलाबजंग शाह को प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रम गर्दै कार्यालय को स्थापना गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर बिष्ट सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहरा ,त्रिबेनि गाउँपालीका उपाध्यक्ष करुणा खड्का ,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , प्रहरी नायब उपरीक्षक गोविन्द थापा , बुद्धिजीवी , पत्रकार लगायत को उपस्थिति रहेको थियो ।

भुमि समन्धी समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगी बिज्ञ सदस्य कविराम चन्द तथा कुन्ती बस्नेत लाई उपस्थितित प्रमुख अथिती , अथिती द्वारा टीका तथा खादा ओढाएर सम्मान तथा शुभकामना कामना प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै भुमि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले सल्यानमा सबैभन्दा बढी कालिमाटी गाउँपालिका बस्नेहरुले जग्गा सम्बन्धिको समस्या भोग्दै आएको र अब जिल्ला भित्र भूमिहीन भएर बस्नुपरेको वास्तविक किसानहरूको समस्या छिटै समाधान हुने बताएका थिए।
किसानहरुले आफूले भोगचलन गर्दै आएको जमिन यदि कतैबाट दाबी विरोध नआएको अवस्थामा कानुनी प्रमाणीकरण तथा पुष्टि गरेर सो समस्या समाधान हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस