कुपिन्डे ताल संरक्षणका लागि ६ कराेड ८१ लाख रकम बिनियोजन

७-फाल्गुन ,२०७७

दुर्गा विसि/फाल्गुन,०७|सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा रहेको मिनि रारा नामले प्रसिद्द कुपिण्डे ताल संरक्षणका लागि ६ कराेड ८१ लाख वजेट निकास भएको छ ।


संघीय सरकार पर्यटन मन्त्रालय अन्तर्गतबाट बनगाड कुपिण्डे नगरपालिका र नेपाल सरकार उक्त मन्त्रालयकाे साझेदारमा साे काम अघि वढाइने भएको छ।

सडक स्तरउन्नति,शौचालय,खाेला नियन्त्रण,पार्किङ स्थल र मन्दिर निर्माणकार्यमा साे रकम खर्च गरिनेछ ।

काम संचालन गर्न प्राविधिक स्टेमेटको तयारी थालिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ ।

संरचनाका सबै काम पिसपिसमा हुनेछ्न ।कुपिण्डे संरक्षणका लागि मागे अनुसारकाे प्रयाप्त वजेट बिनियोजन भएको र ताल सम्म पुग्ने सडक पिच गर्ने र पुरिँदै जान थालेको तालकाे संरक्षणमा वढि काम हुने नगर प्रमुख गाेविन्द कुमार पुनको भनाइ छ ।

अहिले वरपरका खाेलहरुबाट आएको वाढिले वर्षेनि ताल पुरिने चिन्ता वढेकाे छ। त्यसै गरि उक्त तालमाभरिएका ढुंगा,माटाे हटाउने र तालकाे स्वरुप समेत वढाउने नगर प्रमुख पुन को भनाइ छ ।

ताल किनार सम्म त्यसैका निम्ति सडक लगिएको हो ,अब त्यसलाई सुधार गर्ने काम हुनेछ । कुपिण्डे संरक्षण तथा प्रवद्द्नमा यतिठुलाे वजेट आएको याे पहिलो पटक हाे ।

नगर प्रमुख पुनका अनुसार विभिन्न काम गर्ने उद्देश्यका साथ नगरबाट वजेट माग भए अनुसार रकम अाएको र गुरु याेजना अनुरुप अव छिट्टै काम अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस