बनगाड कुपिण्डे नगरपालिकामा सिकाइ सवलिकरणका लागि १० दिने टिपिडि तालिम समापन

फाल्गुन ५,२०७७

दुर्गा विसि/फाल्गुन,५| सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा १० दिने टिपिडि तालिमकाे पहिलो सेसेन कार्यक्रम अाज सम्पन्न भएको छ ।

टिपिडि तालिम प्रारम्भिक कक्षा पढाइ सम्बन्धि एकीकृत पाठ्यक्रम अाधारित १० दिने तालिममा नगरका २३ विद्यालयका २४ शिक्षक,शिक्षिका सहभागी भएका थिए ।

विद्यालयमा वालवालिकाइ शिक्षण सहजिकरण,सिकाइ अभिवृद्धिकरण हुने उदेश्यका साथ याे तालिमको अायाेजना मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र बनगाड कुपिण्डे नगरपालिका शिक्षा शाखाको समन्वयमा साे कार्यक्रम अायाेजना गरिएको थियोे ।

प्रारम्भिक कक्षा सिकाइ सहजिकरणमा सहयोग पुगाेस भन्ने हेतुले यस्तो तालिमको अायाेजनाले फाइदा हुने जनाएकाे छ ।१० दिने सञ्चालन भएको तालिम रास्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका सल्यान संयोजक पुरुषाेतम गिरिले नेपाली विषय,गणित तर्फ प्रशिक्षक सिटिसाप विष्ट,अंग्रेजीमा दामोदर शर्मा र सेरोफेरोमा बसन्त कुमार शर्माले टिपिडि तालिमको सहजिकरण तथा प्रशिक्षणका रुपमा भुमिका निर्भाहा गर्नु भएको थियोे ।

उक्त तालिमको संयोजक बनगाड कुपिण्डे नगरपालिका नगर शिक्षा शाखा प्रमुख ध्रुवा थापाले रहनु भएको थियोे ।थापाका अनुसार पहिलो चरणको प्रभाकर माविमा सञ्चालित तालिम सम्पन्नसँगै विहिवार ६ गते देखि मावि च्युरामा दोस्रो चरणको १० दिने तालिम अायाेजना गरिने जनाउनु भएको छ ।

प्रारम्भिक बाल कक्षा पढाउने शिक्षक र शिक्षिकाहरुका लागि याे तालिम निकै उपलब्धिमुलक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस