लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा,१ नाम्रामा बन्दै गरकाे झाेलङ्गे पुलकाे काम राेकिएको ११ महिना भयाे तर सुचारु हुने छाँटकाँट देखिएको छैन । फाउण्डेसन र वालकाे काम पूरा भएको बाँकी काेभिडले गर्दा अबरुद्ध भएको निर्माण कम्पनीका प्रतिनिधि पुर्ण विष्टको भनाइछ।
केवुल,वाेल्ट,लहरा र लठ्ठा अाउन ढिलाइले काम राेकिएको जनाएको छ ।सबै सामान वाहिरबाट ल्याउनुपर्ने भएकोले समस्या तेर्सिएको विष्टको भनाइ छ ।सामान ल्याउने कुरामा भौतिक पुर्वाधार कार्यालय सल्यानले ताकेता समेत गरेको छ ।उक्त सामान ल्याउनकाे कागजि प्रक्रियामा पुर्वाधारले निकायलाई पत्राचार समेत गरिसकेको छ । तर स्थानीयहरु भने भएको काम समेत गुणस्तर नभएको गुनासो गरिरहेका छन् ।स्थानीय रामप्रसाद शर्माका अनुसार कम्पनीले समयमै सक्ने काममा निकै ढिलो सुस्ति गरिरहेकाे छ,काेभिडकाे वहाना वनाइ लामो समय देखि काम अल्झाइरहेको दुखेसो छ ।भएको काम समेत सन्ताेष जनक छैन ।सिचाइ नहुदा बल्कहरु भत्किन सुरु भएको छ ।
२ कराेड २५ लाख लागतमा एमसी शिव निर्मल जेभीले कामकाे जिम्मा लगेको थियोे । भेरि नदिमा पुल नहुदा त्यहाँका नागरिक वारपार गर्न अहिले पनि तावा प्रयोग गरिरहेका हुन्छन् ।पुल वन्ने भए पछि हौसिएका नाम्राली भने पुलको कामले गति नलिदाँ चिन्तित वनेका छन् ।तर निर्माण कम्पनीका विष्टले भने कामकाजमा स्थानीयकाे सहयोग नपाएको गुनासो समेत रहेको छ ।सामान केही दिन भित्र अाउने र १ हप्ता भित्रमा काम सञ्चालन गर्ने जनाएको छ । सल्यान भुभागबाट नाम्रा जानकाे लागि कच्ची सडक,भनेको समय सवारीसाधन नपाइने भएकोले यात्रामा सकस छ भने पुल बनेमा वजार र विद्यालय अावतजावतमा सहजता हुने स्थानीयकाे भनाइ रहेको छ ।