बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
आफ्नै बाबुले हानेको गोली लागेर एक युवतीको मृत्यु भएको छ । गोली लागेर २० वर्षीया बेलमतीको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–१० का धनसिंह महराले आफ्नै छोरीमाथि गोली प्रहार गरेका हुन् ।
महराले आफ्नै विवाहित छोरीमाथि गोली प्रहार गरी जंगलतिर भागेको प्रत्यक्षदर्शीको भनाई छ ।
प्रहरीका अनुसार बेलमतीको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले बताए ।
