सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यान । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।
भूमि व्यवस्था मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेका अनुसार आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण यही माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझ राजपत्रमा प्रकाशित समेत भएको छ ।
यसैबिच सरकारले भूमि सम्बन्धी समस्या आयोगको सल्यान जिल्ला अध्यक्षमा नेकपाका केन्द्रिय सदस्य लोकबहादुर डाँगीलाई नियुक्त गरेको छ । यसै गरि विज्ञमा नेकपा ओलि समूह का जिल्ला कमिटी सदस्य ,कुमाख गाउँपालिका वडा नम्बर ‐७,निवासी कबिराम चन्द र सदस्यमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर‐५,निवासी कुन्ती बस्नेतलाई नियुक्त गरेको हो । बस्नेत अखिल नेपाल महिला संघकाे केन्द्रीय सदस्य हुन।
सरकारले ७७ वटै जिल्लामा नियुक्त गरेका प्राय सबै पदाधिकारी केपि शर्मा ओली निकट नेकपाका नेता रहेका छन् । केही समय अघि नै सूचि बनेको भएपनि पछिल्लो पटक पार्टी भित्रको विबादका कारण प्रचण्ड‐माधब समूह निकटकालाई हटाई ओली नेतृत्वको नेकपा निकटलाई नियुक्ती दिइएको छ।
सरकारले नियुक्त गरेेेकाआयोगका जिल्ला अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको सेवा सुबिधा पाउँने स्रोतले जनाएको छ । यस्तै सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने छन् । भूमी सम्बन्धि समस्या समाधान आयोगका लागि ७७ वटै जिल्लामा पदाधिकारी चयन भएसँगै भूमिहिन,अब्यवस्थीत बसोबासको समस्या समाधान गर्ने बाटो खुलेको र यसपालीका पदाधिकारीले अहिले सम्म रहिआएका समस्यालाई समाधान गर्ने धेरैको अपेक्षा छ ।