सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यान १९, माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लेखसंग्रहीमा वृहत् लिफ्ट खानेपानी आयोजनाको काम अघि वढेको छ । स्थानिय पेदि खोला मुहानबाट ६ सय १० मिटर उचाइमा पानी पु¥याएर स्थानियका घर घरमा खानेपानी पु¥याउने गरी काम अगाडी बढेको हो । यस खानेपानी आयोजनाबाट मैदु, संग्रही, काँरागाउँ, गैरीकटेरी, घाँजरी, सिम्तिगैरा लगाएतका ठाँउका ४ सय घरधुरीका ३ हजार बढी नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।
जसको लागी ३ वटा ट्यांकी १ लाख लिटर क्षमताको र पाइपलाइनको काम यसै वर्ष सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष पहल सिंह खत्रीले जानकारी दिनुभयो । विगतमा यहाँ खानेपानी नहुदा अधिकांश वस्तिका नागरिक वसाइसराइ गरि वेसितिर झर्ने गरेका थिए । यस योजना सम्पन्न भएमा सहजता हुने स्थानियको अपेक्षा छ ।
आर्थिक बर्ष २०७७।०७८ मा ३३ लाख रुपैँया र क्रमागत रुपमा जम्मा ५ करोड रुपैँया खर्च हुने भएको छ । योजनाको भुमि कन्ट्रक्सन रोल्पाले कामको जिम्मा लिएको छ । यसैबिच निर्माणाधिन खानेपानी योजनाको कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाह, बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन, वडा अध्यक्ष विनायक केसी, जिल्ला समन्वय समितिका सदस्य आसा वली लगाएतको टोलिले लिफ्ट खानेपानी आयोजनाको अनुगमन गरेको छ ।